काठमाडौं / पछिल्ला २४ घण्टामा नेपालमा थप ८६०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
पीसीआर विधिबाट २२३५३ र एन्टिजेन विधिबाट ८७३ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका हुन् । शुक्रबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ । यस्तै, आज थप ७ हजार ८९० जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ लाख ७४ हजार ८ सय ३६ पुगेको छ ।
आज संक्रमणबाट थप १७७ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ६ हजार २४ पुगेको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

नेपालमा थप ८६०७ मा कोरोना संक्रमण पुष्टि
May 21, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
