२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025
२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025 Friday

‘राष्ट्रपति पदको गरिमालाई बालुवाटारले बालुवामा मिलाइदियो’

प्रकाशित मिति : २०७८ जेष्ठ ८ गते
- ADVERTISEMENT -

काठमाडौं / नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीले पदको गरिमा बालुवामा मिसाएको टिप्पण्ी गरेका छन् । बालुवाटारले उनले गरिमालाई बालुवामा मिलाइदिएको उनले बताए ।
प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन घोषणा पूर्व नियोजित षड्यन्त्र श्रृंखलाको क्लाइमेक्स भएकोसमेत उनले बताए । राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै उनले मध्यावधी निर्वाचन सम्भव नभएकोसमेत उल्लेख गरे ।
कांग्रेसले शनिवार संसद् विघटनको विषयमा छलफल गर्न पार्टीको बैठक बोलाएको छ ।
शुक्रबार मध्यरातमा मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भंग गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा गरेकी छन् ।
उनले प्रधानमन्त्रीका लागि कांग्रेस सभापति शेरबहादुर देउवा र केपी शर्मा ओली दुवैको दाबी नपुगेको निर्णय सार्वजनिक गरेकी थिइन् । –तुखबरबाट ।

- ADVERTISEMENT -