February 6, 2025
- ADVERTISEMENT -

चितवनमा राष्ट्रपतिको कदमको विरोेधमा नाराबाजी सहित पुत्लादहन

May 23, 2021

चितवन / शुक्रबार राती राष्ट्रपति विद्या भण्डारीद्धारा प्रतिनिधि सभा विघटन गरेपछि यसको विरोधमा नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ चितवनले प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गरेको छ ।
आज (शनिबार) साँझ नेविसंघले भरतपुरको हाकिम चोकमा प्रधानमन्त्री र राष्ट्रपति बिरुद्ध नाराबाजी गर्दै पुत्ला दहन गरेको हो । नेविसंघका जिल्ला अध्यक्ष सूर्य ढकाल, उपाध्यक्ष राजन दाहाल, सचिव गणेश रिजाल सहितको नेताहरुको नेतृत्वमा पुत्ला दहन गर्दै विरोध प्रर्दशन गरिएको थियो । लोकतन्त्रको विरुद्ध राष्ट्रपतिले चालेको कदम प्रति खेद प्रकट गर्दै विभिन्न राजनैतिक दल, सामाजिक संस्थाहरुले पनि असन्तुष्टी जनाएका छन ।
मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी थिइन् । प्रतिनिधि सभा विघटनपछि प्रतिनिधिसभा सदस्यका लागि चुनावको मिति कात्तिक २६ र मंसिर ३ गतेलाई तोकिएको छ ।
यसअघि मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा ७६(७) अनुसार प्रतिनिधिसभा भंग गरी मध्यावधी निर्वाचन घोषणा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -