देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै विपक्षी गठबन्धनद्वारा सर्वोच्चमा रिट दायर
काठमाडौं । विपक्षी पाँच राजनीतिक दलका सांसदहरूले प्रतिनिधिसभा पुनर्स्थापनालगायत चार वटा माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका छन्। सोमबार सांसदहरुसहित सर्वोच्च पुगेका विपक्षी गठबन्धनका शीर्ष नेताहरुले १४६ सांसदको हस्ताक्षरसहित रिट पेस गरेका हुन् । रिट दायर गर्न कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी एकमात्र सांसद दुर्गा पौडेलसहित विघटित प्रतिनिधिसभाका सदस्यहरू उपस्थित भएका थिए ।
रिटमा निवेदनमा प्रतिनिधि सभा पुनर्स्थापनाको माग गरिएको छ। निवेदकहरूले समर्थन गरेको प्रतिनिधि सभा सदस्यमध्येका शेरबहादुर देउवालाई नेपालको संविधानको धारा ७६ (५) अन्तर्गत प्रधानमन्त्री नियुक्त गर्नु पर्नेमा राष्ट्रपतिद्वारा दुबैको दाबी नपुग्ने भनी प्रतिनिधि सभा विघटन गरी निर्वाचन घोषणा गरेकोलाई असंवैधानिक र गैरकानुनी घोषित गर्न गर्न माग गरेका छन्। त्यसमा उत्प्रेषणको आदेश माग गर्दै निवेदकले प्रतिनिधि सभा पुनर्स्थापना गरी देउवालाई प्रधानमन्त्री बनाउन माग गरिएको छ।
निवेदनमा संविधानको धारा ७६ (५) बमोजिम त्यसरी नियुक्त हुने प्रधानमन्त्रीलाई समर्थन गरेको आधारमा प्रतिनिधि सभा सदस्यलाई कारबाही नगर्न माग गरिएको छ। समर्थन गर्ने सांसदलाई दल त्याग गरेको भनी राष्ट्रपति कार्यालयसमेतका नाममा परमादेश वा पूर्जा जारी गरी संवैधानिक हकको संरक्षण गरी पाउन निवेदनमा माग गरिएको छ।
विपक्षी गठबन्धनद्वारा सर्वोच्चमा रिट दायर
May 24, 2021
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -