काठमाडौं / सरकारले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको प्रमुखमा बालानन्द शर्मालाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् वैठकले शर्मालाई कोभिड संक्रमण नियन्त्रणका लागि महत्वपूर्ण मानिएको सीसीएमसीको प्रमुखमा शर्मालाई नियुक्त गर्ने निर्णय गरेको हो ।
नेपाली सेनाका पूर्व रथी शर्माले यस अघि सेना समायोजन विशेष समितिको संयोजक भएर काम गरेका थिए । उनै शर्मालाई सरकारले सीसीएमसीमा नियुक्त गरेसँगै अब प्रधानमन्त्री नेतृत्वको निर्देशक समितिको सदस्य सचिव भएर काम गर्नेछन् ।
कोरोना नियन्त्रणका लागि आवश्यक योजना तर्जुमा गरी सरकारबाट निर्णय गराएर सीसीएमसीले कार्यान्वयन गर्नेछ ।
यसअघि सो निर्देशक समिति उपप्रधानमन्त्री इश्वर पोखरेलको नेतृत्वमा रहेको थियो । प्रधानमन्त्री केपी ओलीले पोखरेललाई सो जिम्मेवारीबाट हटाएर आफैले त्यसको नेतृत्व गरेका छन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

सीसीएमसीको प्रमुखमा बालानन्द शर्मा नियुक्त
May 25, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
