२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025
२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025 Sunday

नेवि संघद्वारा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

प्रकाशित मिति : २०७८ जेष्ठ ११ गते
Photo : Halkaro
- ADVERTISEMENT -

चितवन / नेपाल विद्यार्थी संघ कालिका नगर इकाइ समितिले संसद विघटनको विरोधमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेका छन् । नेविसंघ जिल्ला सहसचिव अशोक लामा स्याङ्तानको नेतृत्वमा कालिका नगरपालिकाको हाइस्कुलरोडमा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गरेका हुन् ।
नेपाली कांँग्रेस, भातृसंगठन तरुणदल, नेविसंघका नेता तथा कार्यकर्ताहरुले केपी ओलीविरुद्ध नारा लगाएर विरोध प्रर्दशन गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेपछि संघले विरोध जनाएको हो । मध्यावती चुनाव कात्तिक २६ र मंसिर ३ गतेलाई तोकिएको छ ।
नेविसंघ जिल्ला सह–सचिव अशोक लामा स्याङतान, तरूण दल कालिका नगर इकाई उपाध्यक्ष टंक थिङ्, जिल्ला सदस्य सन्तोष स्याङतानलगायत दर्जनौं युवा नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । पछिल्लो समय लोकतन्त्रको विरुद्ध राष्ट्रपतिले चालेको कदमप्रति खेद प्रकट गर्दै विभिन्न राजनैतिक दल, सामाजिक संघ–संस्थाहरुले पनि असन्तुष्टि जनाउँदै आएका छन् ।

- ADVERTISEMENT -