काठमाडौँ / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संकटकाल लगाउने गृह कार्य अघि बढाएको छ ।
कोरोना संक्रमण नियन्त्रणका लागि मन्त्रालयले स्वास्थ्य संकटकाल सम्बन्धी प्रस्ताव मन्त्री परिषदमा लैजाने मन्त्रालयले जनाएको छ ।
सोमबार मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा सचिव लक्ष्मण अर्यालले स्वास्थ्य संकटकाल लगाउन अघि गर्नुपर्ने तयारीमा अहिले लागिरहेको बताए ।
उनले अरु मन्त्रालयसंग समेत केही विषय जोडिएकोले त्यसमा केही काम बाकि रहेको भन्दै छिटै नै स्वास्थ्य संकटकालको प्रस्ताव मन्त्रिपरिषद समक्ष लैजाने जानकारी दिए ।
उनले केही जनस्वास्थ्य निरीक्षक नियुक्ति लगायतका कार्यहरु बाँकी रहेको समेत बताएका थिए ।
त्यसअघि स्वास्थ्य मन्त्री हृदयेष त्रिपाठीले स्वास्थ्य संकटकाल लगाउने विषयमा आफू सकारात्मक रहेको बताएका थिए । उनले पनि आवश्यक प्रक्रिया पुरयाई स्वास्थ्य संकटकाल लगाउने जानकारी दिएका थिए ।
स्वास्थ्य संकटकाल लगाउने गृह कार्य सुरु
May 25, 2021
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -