२०८२ बैशाख २९, सोमबार
May 12, 2025
२०८२ बैशाख २९, सोमबार
May 12, 2025 Monday

सहाराको घरलाई स्वास्थ्य सामग्री सहयोग

प्रकाशित मिति : २०७८ जेष्ठ ११ गते
- ADVERTISEMENT -

चितवन / यात्रा ग्रुप चितवन र श्री पुष्पाञ्जली हस्पिटल प्रालिले भरतपुर–११ स्थित सहाराको घरलाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना कहरका बीच मंगलबार स्वास्थ्य सामग्री तथा औषधि सहयोग गरिएको ग्रुपका अध्यक्ष कृष्ण कार्कीले बताए ।
ग्रुपका अध्यक्ष कार्की र श्री पुष्पाञ्जली हस्पिटल प्रालिका प्राविधिक अधिकृत प्रवीण खनालले संयुक्त रूपमा साहाराको घरकी अध्यक्ष स्वस्तिका तिवारीलाई सो सामग्री हस्तान्तरण गरेका हुन् ।
अध्यक्ष कार्कीले यो विषम परिस्थितिमा सबै युवाहरूलाई आ–आफ्नो क्षेत्रबाट सामाजिक सेवामा लाग्न अनुरोध गरेका थिए । ग्रुपको सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग गरिएको हो भने आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने उनको भनाइ थियो ।
सहारा घरका अध्यक्ष तिवारीले कोरोना महामारीले निम्त्याएको यो संकटको बेला गरिएको यो सहयोग सह्राहनीय भएको बताइन् । सोही अवसरमा अरु संघसंस्थालाई पनि सहयोगको लागि उनले अपिल गरेकी थिइन् ।
सहाराको घर भरतपुरमा १८ जना बेसहारा बालिकाहरू रहेका छन् । ग्रुपले यसअघि पनि विभिन्न सामाजिक कार्यहरु गर्दै आएका छन् ।

- ADVERTISEMENT -