२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025
२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025 Sunday

काठमाडौंमा निषेधाज्ञा थप, प्रशासन थप कडाइ गर्दै

प्रकाशित मिति : २०७८ जेष्ठ ११ गते
निषेधाज्ञामा लायन्सचोक, चितवनको दृश्य । फोटो : न्यूजप्रवाह ।
- ADVERTISEMENT -

काठमाडौं / उपत्यकामा लगाइएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । संक्रमण दर नघटेको भन्दै थप एक साता निषेधाज्ञा थपिएको हो ।
यससँगै उपत्यकामा जेठ २० गतेसम्म निषेधाज्ञा हुने भएको छ। थपिएको निषेधाज्ञामा बिहान ९ सम्म तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल खोल्न पाइनेछ । तर, किराना पसल, डिपार्टमेन्टल स्टोल चाहिँ बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जनाएको छ ।
मंगलबार काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुन्डी प्रसाद निरौला सहभागी बैठकले सो निर्णय गरेको हो । भट्टराईले निषेधाज्ञा कार्यान्वयनमा पनि थप कडाइ गरिने भक्तपुरका सिडिओ प्रेमप्रसाद भट्टराईले बताए ।

- ADVERTISEMENT -