March 16, 2025
- ADVERTISEMENT -

२४ घण्टामा थप ८६३६ जनामा कोरोना पुष्टि

May 25, 2021

काठमाडौं / पछिल्ला २४ घण्टामा नेपालमा थप ८६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट २२३०६ र एन्टिजेन विधिबाट ६३० जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका हुन् ।
मंगलबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यससँगै नेपालमा कुल संक्रमितको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ ।
यस्तै, आज थप ६ हजार ४०४ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ४ लाख ४ हजार ८ सय ८७ पुगेको छ ।
आज संक्रमणबाट थप १६९ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ६ हजार ७ सय पुगेको छ ।

- ADVERTISEMENT -