Opens in a new tab
२०८३ आश्विन २७, मंगलवार
October 13, 2026
२०८३ आश्विन २७, मंगलवार
October 13, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मकवानपुरमा थप ७ दिन निषेधाज्ञा 

प्रकाशित मिति : २०७८ जेष्ठ ११ गते

मकवानपुर / मकवानपुरमा थप ७ दिन निषेधाज्ञा थप्ने जिल्ला सुरक्षा समितिले निर्णय गरेको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको सिफारीसमा जिल्ला सुरक्षा समितिको बिहीबार बसेको बैठकले जेठ २० गतसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
यस अघि मकवानपुरमा जेठ १३ गतेसम्म निषेधाज्ञा जारी गरिएको थियो । बैठकले उक्त निषेधाज्ञालाई निरन्तरता दिँदै थप ७ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । मकवानपुरमा गत बैशाख १९ गतेदेखि राती १२ बजेदेखि निषेधाज्ञा जारी छ ।
त्यस्तै बैठकले औषधी तथा खाद्य वस्तु तथा तरकारी पसलहरु विहान ५ बजेदेखि ८ बजेसम्म संचालन गर्न दिने, पेट्रोल पम्म, ग्याँस डिपो, अक्सिजन सिलिण्डर पसल नियमित सञ्चालन गर्ने र अन्य सबै प्रकारका व्यवसायहरू पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।
हेटौडा उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रको हकमा भने औषधी, कृषि बीउबीजन तथा मल तथा भेटनरी पसल मात्र संचालन गर्न दिइने निर्णय गरेको छ । हेटौंडाको मुख्य बजारको उत्तरमा चौकीटोल, दक्षिणमा कर्रा खोला, पश्चिममा थाना भर्याङ र पूर्वमा क्याम्पाडाँडाभित्रका खाद्यान्न तथा तरकारी, दूध लगायतका दैनिक उपभोग्य बस्तुहरु विक्रि गर्नका लागि सम्बन्धित सहकारी वा संघ संस्थाहरूमार्फत स्वास्थ्यका मापदण्ड अपनाएर मोबाईल भ्यानमार्फत् टोल–टोलमा पु¥याउन दिइने भएको छ ।
बैंकहरुले चौथाई कर्मचारी राखेर स्वास्थ्यका मापदण्ड पालना गरीसाताको २ दिन मंगलबार र शुक्रबार विहान ९ बजेदेखि दिउसो १ बजेसम्म मात्र कारोवार सञ्चालन गर्न पाउने भएका छन् भने अन्य वित्तिय संस्था, इन्स्योरेन्स कम्पनी, मनी ट्रान्सफर तथा सहकारीहरू पर्ण रुपमा बन्द रहने छन् ।
त्यस्तै बैठकले मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकाका सबै क्षेत्रमा भने जेठ १५ गतेसम्मका लागि सबै व्यवसाय पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।
थाहा नगरपालिकामा जेठ ११ गते राती १२ बजेदेखि जेठ १५ गतेसम्म औषधी पसल बाहेक अन्य सम्पूर्ण पसल तथा व्यवसायहरू पूर्ण रुपमा बन्द रहने छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.48
155.08
European Euro
1
173.05
173.72
UK Pound Sterling
1
204.42
205.21
Swiss Franc
1
186.06
186.79
Australian Dollar
1
107.90
108.32
Canadian Dollar
1
108.35
108.77
Singapore Dollar
1
120.62
121.09
Japanese Yen
10
9.76
9.79
Chinese Yuan
1
23.08
23.17
Saudi Arabian Riyal
1
41.12
41.28
Qatari Riyal
1
42.42
42.58
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
42.06
42.22
Malaysian Ringgit
1
37.82
37.96
South Korean Won
100
11.52
11.57
Swedish Kroner
1
15.45
15.51
Danish Kroner
1
23.15
23.24
Hong Kong Dollar
1
19.68
19.76
Kuwaity Dinar
1
501.31
503.26
Bahrain Dinar
1
409.06
410.64
Omani Rial
1
401.24
402.80