काठमाडौं / संसद विघटनसम्बन्धी अन्तरिम आदेश माग गरी दायर भएको रिटमाथि यही जेठ १३ गते सुनुवाइ हुने भएको छ । त्यस्तै संवैधानिक इजालासमा सुनुवाइको माग गरी दायर ११ वटा रिटको पेशी जेठ १४ गतेका लागि तोकिएको छ ।
राष्ट्रपति विद्यादेवि भण्डारीले धारा ७६(५) बमोजिमको प्रधानमन्त्री नियुक्त हुने आधार नरहेको भनी निर्णय दिएपछि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को सिफारिसमा प्रतिनिधिसभा दोस्रो पटक विघटन गरिएको थियो । यसअघि पनि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको थियो । त्यसविरुद्ध परेका रिटहरुमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर हुने फैसला गरेको थियो ।
हिजो सोमबार प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्नुपर्ने माग गर्दै बहुमत प्रतिनिधिसभा सदस्यहरुले हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सो रिटमा नेपालको प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न परमादेश समेत माग गरिएको छ ।
प्रतिनिधिसभा विघटन रिट पेशी : जेठ १३ र १४ गते

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
