–बबिलाल तामाङ
‘फोनिज’ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवन को छाता संगठन हो । ‘फोनिज’मा नेपाली पत्रकारिता क्षेत्रमा क्रियाशील आदिवासी जनजाति पत्रकारहरु आवद्ध रहेका छन् । फोनिजमा आवद्ध पत्रकारहरुले आदिवासी जनजातिका आवाज, सबै समुदाय र विभिन्न ठाउँमा लुकेका आवाजविहीनहरुको आवाजलाई संचारमाध्यमबाट पाठक सामू ल्याउने कार्य गर्दै आइरहेका छन् । नेपालका आदिवासी जनजाति समुदायको आवाजलाई विश्वव्यापी रुपमा बुलन्द गर्दै विकास निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने फोनिजको मुख्य ध्येय हो । पछिल्लो समय नेपालको पत्रकारिता क्षेत्रमा आदिवासी जनजाति पत्रकारहरुको उल्लेख्य सहभागिता दिनानुदिन बढ्दै गइरहेको छ ।
स्थापना :
चितवनमा आजको ‘फोनिज’ वि.सं. २०६५ सालमा नेपाल आदिवासी जनजाति पत्रकार संघ (अनिज)बाट स्थापना भएको हो । त्यसबेला ‘अनिज’मा श्री सन्तकुमार चौधरीको नेतृत्वमा तदर्थ समिति गठन भएको थियो । प्रारम्भमा २ महिलासहित ७ सदस्यीय ‘अनिज’ को तदर्थ समिति गठन भएको थियो । त्यतिबेला आदिवासी जनजाति समुदायको पत्रकारिता क्षेत्रमा सहभागिता निकै न्यून अवस्थामा रहेको थियो । अध्यक्ष चौधरीले अथक संघर्षकासाथ ‘अनिज’लाई अघि बढाउँदै ल्याएका हुन् ।
समयको फड्कोसँगै तदर्थ समितिको प्रथम भेलाबाट जिल्ला समिति गठन गरेर वि.सं. २०७० सालबाट नेपाल आदिवासी जनजाति पत्रकार संघ (अनिज)बाट परिणत भई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रहन गएको हो । फोनिजको हालसम्म केन्द्रीय समितिसहित ४६ वटा जिल्लामा शाखा गठन भइसकेको छ । ‘फोनिज’मा तामाङ, गुरुङ, नेवार, थारु, मगर, राई, शेर्पा, लिम्बुलगायतका जातीय पत्रकार आवद्ध छन् । ‘फोनिज’ चितवनमा हालसम्म कार्यसमिति सदस्यसहित ११५ जना सदस्यहरु रहेका छन् ।
महासंघमा नेतृत्व :
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को नेतृत्व गर्दै बबिलाल तामाङ, उर्गेन तामाङ, ज्ञानेन्द्र तामाङ र तुलमान गुरुङले नेपाल पत्रकार महासंघ चितवन शाखाको २०७७ साल चैत्र २५ गतेको अधिवेशनबाट निर्वाचित भई प्रतिनिधित्व गरी रहनु भएको छ । यस्तै प्रदेश सभा सदस्यमा सन्तकुमार चौधरी, राजु चौधरी र सरस्वती तामाङले प्रतिनिधित्व गरिरहनु भएको छ । नेपाल पत्रकार महासंघ चितवनको अधिवेशनबाट निर्वाचित भएर फोनिजका जनजाति पत्रकारहरुको प्रतिनिधित्व पहिलो पटक अहिलेसम्मकै बढी हो । यसअघि फोनिजबाट प्रतिनिधित्व गर्दै सन्तकुमार चौधरी, मोहनचन्द्र रुम्बा, अमृता गुरुङ, ईश्वरकुमार जोशी, सविता श्रेष्ठलगायतले नेपाल पत्रकार महासंघ चितवनमा कार्यसमितिको विभिन्न पदमा रहेर जिम्मेवारी सम्हालिसकेका छन् ।
अधिवेशन :
वि.सं. २०६५ सालदेखि २०७३ सालसम्म ‘फोनिज’मा गरिमामय अध्यक्ष पदमा रही दुई कार्यकाल श्री सन्तकुमार चौधरीले नेतृत्व गर्दै आएका थिए । हाल उनी फोनिजका निवर्तमान तथा संस्थापक अध्यक्ष हुन् ।
वि.सं. २०७३ चैत १४ गते फोनिजको अधिवेशनबाट अध्यक्ष श्री सन्दिपकुमार श्रेष्ठको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन ग¥यो । जस अनुसार सन्दिपकुमार श्रेष्ठ अध्यक्षमा, सविता श्रेष्ठ उपाध्यक्षमा, तुलमान गुरुङ सचिवमा, ज्ञानेन्द्र तामाङ कोषाध्यक्षमा, आश्मा राई सहसचिवमा एवम् सदस्यहरुमा क्रमशः कमलमान श्रेष्ठ, अपेक्षा चौधरी, उमेश श्रेष्ठ, दानबहादुर गुरुङ, संजय चौधरी, सविता दराई, आशिक रानामगर र चित्र सोल्टी गुरुङ रहेका छन् ।
गतिविधि :
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले प्रारम्भदेखि नै विभिन्न गतिविधिहरु सक्रिय रुपमा गर्दै आएको छ । फोनिजले २०६५ देखि २०७३ सम्म कहिले आदिवासी जनजाति पत्रकारहरुको हकहित सम्बन्धित अन्तक्र्रिया, कहिले परिचयात्मक तथा शुभकामना आदानप्रदान कार्यक्रम, कहिले पत्रकारिता तालिमलगायत यस्ता थुप्रै कार्यक्रम गर्दै आइरहेका छन् । त्यसताका नेतृत्वमा संस्थापक अध्यक्ष श्री सन्तकुमार चौधरी रहेको थियो ।
फोनिजको २०७३ चैत १४ गते अधिवेशन पश्चात् अध्यक्ष सन्दीपकुमार श्रेष्ठको नेतृत्वले २०७३ चैत २४ गते नेपाल पत्रकार महासंघ चितवन तथा विभिन्न पत्रकार संगठनका प्रमुखसँग परिचयात्मक तथा शुभकामना आदानप्रदान कार्यक्रम होटल ग्लोबलमा सम्पन्न गरेको थियो । जसमा विभिन्न संगठनहरुको प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको र कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको थियो ।
फोनिजले २०७४ फागुन ११ गते नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)सँगका सहकार्यमा ‘आदिवासी जनजातिको सवालमा संचारमाध्यमको भूमिका’ विषयक अन्तक्र्रिया जिल्ला बार एशोसियसनको सभा हलमा सम्पन्न गर्यो ।
२०७४ चैत ८ गते खैरहनी नगरपालिका–१२, कुमरोजमा रहेको दरै होमस्टे अवलोकन (दरै होमस्टे) गरेको थियो । उक्त अवलोकनमा २५ जना सहभागी रहेका थिए ।
२०७४ चैत २९ गते नेपाल पत्रकार महासंघ, फोनिज र जातीय पत्रकार संगठनका केन्द्रीय समिति सदस्यज्यूलाई होटल इमेज प्यालेस, पोखरा बसपार्कमा सम्मान गरेको थियो । सम्मानित हुने व्यक्तित्वहरुमा श्री सिर्जना अर्याल (केन्द्रीय सदस्य, नेपाल पत्रकार महासंघ), श्री कृष्ण गिरी (केन्द्रीय सदस्य, नेपाल पत्रकार महासंघ), श्री राजु चौधरी (केन्द्रीय सदस्य, ‘फोनिज’) तथा श्री उर्गेन तामाङ (केन्द्रीय सदस्य, तामाङ पत्रकार संघ) रहेका छन् ।
२०७५ साउन २७ गते ‘फोनिज’ले स्थापना दिवस तथा सम्मान कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री प्रदेश नं. ३ का मन्त्री दावादोर्जे लामाको प्रमुख आतिथ्यतामा श्री नवराज मिश्र (कान्तिपुर टेलिभिजन), श्री सविता श्रेष्ठ (नागरिक दैनिक) लाई सम्मान गरेको थियो ।
विश्वव्यापी रुपमा फैलिँदै गरेको कोरोना भाइरस (कोभिड–१९) को विषम परिस्थितिमा २०७८ जेठ ८ गते फोनिजको पहलमा जनजाति पत्रकारहरुलाई स्वास्थ्य सुरक्षाको ख्याल गर्दै मास्क तथा सेनिटाइर वितरण गरेको छ । फोनिजले स्वास्थ्य सामग्री जातिय संगठन प्रमुखको जिम्मेवारीमा सबै जनजाति पत्रकार माझ वितरण पनि गरिएको छ ।
मेरो विगत र वर्तमान :
‘फोनिज’ स्थापना हामी आदिवासी जनजाति पत्रकारको लागि गौरव र पहिचानको विषय हो । पछिल्लो समय फोनिजका गतिविधिहरु निकै सक्रिय हुँदै गएका छन् । पत्रकारिता क्षेत्रमा बिस्तारै आदिवासी जनजाति संचारकर्मी मित्रहरु बढ्दो क्रममा छन् ।
२०७३ चैत ५ गते फोनिजबाट मेरो नाम सिफारिश भएपछि नेपाल पत्रकार महासंघ चितवनको अधिवेशनमा सहजै निर्विरोध निर्वाचित भएको थिएँ । अर्थात् नेपाल पत्रकार महासंघ चितवनमा ‘फोनिज’ बाट एकजना निर्विरोध निर्वाचित हुने चलन छ । यो महासंघले जनजाति पत्रकारहरुलाई दिएको सहुलियत हो । महासंघको अधिवेशनमा जनजाति कोटा फोनिजबाटै सिफारिश भएकाले म निर्विरोध निर्वाचित भएको हुँ ।
फोनिजका नीति नियम अनुसार उमेदवारका हकमा ‘एक व्यक्ति, एक पद’ भन्ने नारा छ । म त्यसबेला कुनै पदमा नभएको कारण पनि साथीहरुले मलाई बाटो खुला गरिदिएका थिए । मलाई महासंघको चुनावका लागि सहजीकरणको भूमिका खेल्नु भएका मित्र सन्तकुमार चौधरीलाई पनि सम्झन चाहेँ ।
स्मरणका लागि मैले मित्र सन्तकुमार चौधरीलाई २०६७ सालको नेपाल पत्रकार महासंघ चितवनको अधिवेशनमा जनजाति कोटाबाट कार्यसमिति सदस्य पदका लागि सहजीकरणको भूमिका निर्वाह गराई दिएको थिएँ । त्यसबेला म पनि महासंघको अधिवेशनमा जनजाति कोटाबाट उनको प्रत्यासी थिएँ ।
र अन्तमा, २०७७ चैत्र २५ गते नेपाल पत्रकार महासंघ चितवनको अधिवेशनमा खुल्ला सदस्यबाट म पुनः निर्वाचित भएको छु । यस चुनावी दौरानमा मलाई फोनिजका साथीहरुबाट धेरै सपोर्ट प्राप्त भयो । सबैलाई धेरैधेरै धन्यवाद भन्न चाहन्छु । यसैगरी नेपाल पत्रकार महासंघ चितवनमा मलाई दोस्रो पटक पुनः निर्वाचित गराउन अहमभूमिका खेल्नु फोनिजका सम्पूर्ण साथीहरु तथा अन्य पत्रकार साथीहरु सबैप्रति फेरि पनि आभार प्रकट गर्दै धन्यवाद भन्न चाहन्छु । जय फोनिज ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

‘फोनिज’ कसरी भयो स्थापना ?, जोडिएको मेरो विगत र वर्तमान
May 26, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
