चितवन / अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने ६ वटा ट्रयाक्टर चालकसहित प्रहरीले नियन्त्रणमा लिएको छ । चितवन ईच्छाकामना गाउँपालिका–७ भोटी खोलामा अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्दै गरेका ६ वटा ट्रयाक्टर चालकसहित बुधबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए ।
प्रवक्ता थापाका अनुसार पक्राउ पर्नेमा ना५त ५२८६ न. का चालक कालिका न.पा. २ बस्ने बर्ष २१ का सन्देश तामाङ, लु४त न. का चालक कालिका न.पा. ३ बस्ने वर्ष २० का बिनोद तामाङ, ना५त ८१९० न. का चालक ईच्छाकामना गा.पा. ७ बस्ने वर्ष २१ का खड्क सिंह मोक्तान रहेका छन् ।
यस्तैगरी ना५त ८४८२ न.का चालक ईच्छाकामना गा.पा. ७ बस्ने वर्ष ३१ का रामलाल तामाङ, ना७त ६२९८ न.का चालक कालिका न.पा. ३ वस्ने वर्ष २१ का सरोज चौधरी, ना३त ५०११ न. का चालक कालिका न.पा. २ बस्ने वर्ष २८ को श्यामकुमार गुरौलाई नियन्त्रणमा लिइएको उनले बताए ।
पक्राउ परेका उनीहरुलाई जिल्ला समन्वय समिति चितवन मार्फत प्रति ट्रयाक्टर रु. दश हजार जरिवाना गरी छाडिएको प्रहरीले जनाएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

नदी उत्खनन् गर्ने ६ वटा ट्रयाक्टर चालकसहित पक्राउ
May 27, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
