February 8, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

निषेधाज्ञा अवज्ञा गरी पसल संचालन गर्ने दुई पक्राउ

May 28, 2021
Photo : Halkaro

नवलपुर / निषेधाज्ञा उल्लंघन गरी पसल संचालन गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । निषेधाज्ञाको समयमा उनीहरुले अटेर गरी पसल संचालन गरेकोले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रवक्ता दिलीप कुमार गिरीले जानकारी दिए ।
प्रवक्ता गिरीका अनुसार पक्राउ पर्नेमा चितवन राप्ती न.पा. वडा नं. १ घर भई हाल कावासोती ३ बस्दै आएका वर्ष ३३ का पूर्णबहादुर श्रेष्ठ र पर्वत देउपुर गा.पा. वडा नं. २ घर भई हाल कावासोती ३ बस्दै आएका वर्ष २० का बिनोद क्षेत्री रहेका छन् । उनीहरुलाई कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम कारबाही गरिने उनले बताए ।
कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ को कसुर वा सजायमा कुनै व्यक्तिले नियम उल्लंघन गरी बाधा अवरोध सिर्जना गरेमा १ वर्षसम्मको कैद वा ५ लाख रुपैयाँ जरिवाना हुने उनले भने । अध्यादेश बमोजिम जारी भएको मापदण्डको पालना नगरेमा ६ महिना कैद वा ३ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने प्रावधान छ ।

- ADVERTISEMENT -