February 6, 2025
- ADVERTISEMENT -

अवैध २७० केजी गाँजासहित एक भारतीय पक्राउ

May 28, 2021

चितवन / अवैध २७० केजी गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । राप्ती नगरपालिका–१ लोथरबाट एनएल ०१ एन ५८६७ नम्बरको भारतीय ट्रकमा गाँजासहित उनी बिहीबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए ।
प्रवक्ता थापाका अनुसार पक्राउ पर्नेमा भारत बिहारको पुर्वी चम्पाचरण घर भएका २५ वर्षिय पिन्टुकुमार रहेका छन् । बरामद उक्त गाँजा बिरगंजहुँदै भारततर्फ लैजान लागेको अनुसन्धानबाट खुलेको उनले बताए । घटनामा संलग्न अन्य व्यक्तिहरुको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
पक्राउ परेका कुमारलाई चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय निषेधाज्ञाको मौका छोपी अवैध गाँजा ओसारपसार गर्ने गिरोहहरु सक्रिय भएको देखिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -