September 8, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -

देवघाट गाउँपालिकालाई १ लाख ३ हजारको अक्सिजन कन्सनट्रेटर सहयोग

May 28, 2021

चितवन / तनहुँको देवघाट गाउँपालिकालाई अक्सिजन कन्सनट्रेटर सहयोग प्राप्त भएको छ । लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक ३२५बि२ ले एक थान अक्सिजन कन्सनट्रेटर देवघाट गाउँपालिकालाई सहयोग गरेको हो । क्लबका नेपाल एरिया ३ का डिष्ट्रिक गभर्नर रामप्रसाद भट्टले उक्त अक्सिजन कन्सनट्रेटर गाउँपालिका अध्यक्ष दुर्गाबहादुर थापालाई बिहीबार हस्तान्तरण गरेको हो ।
देवघाट गाउँपालिका अध्यक्ष थापाले लायन्स क्लबले कोरोना भाइरस संक्रमण (कोभिड–१९) को महामारीमा रोकथाम र नियन्त्रणको लागि गर्नु भएको सहयोगको लागि धन्यवाद दिएका थिए । उनले कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि प्रचारप्रसार तथा देवघाट प्रवेश नाकाहरुमा कडाई गरिएको बताए । उनले आफ्नो गाउँपालिकावासीलाई निषेधाज्ञा तथा स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्न पनि आग्रह गरे ।
क्लबका ड्रिष्टिक गभर्नर रामप्रसाद भट्टले कोरोना भाइरसको संक्रमणबाट कुनै पनि ब्यक्तिले अक्सिजनको अभावमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले सो सहयोग गरेको बताए । चितवन र नवलपुर क्षेत्रका लायन्स क्लबहरु तथा देश बिदेशमा रहनु हुने लायन्सका परिवार सदस्यहरुबाट सहयोग जुटाई सो अक्सिजन कन्सनट्रेटर सहयोग गरेको उनको भनाइ थियो ।
उक्त अक्सिजन कन्सनट्रेटर १ लाख ३ हजार पर्ने बताइएको छ भने अक्सिजन सिलिण्डर जडान गरी यसको प्रयोगले एक जना विरामीलाई अक्सिजन प्रयाप्त हुने देवघाट गाउँपालिकाका प्रेस सल्लाहकार आशिक राना मगरले जानकारी दिए ।