चितवन / प्रेस संगठन नेपाल चितवन शाखालाई ६० हजार बराबरको स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ । एचएण्डएस ग्रुपका अध्यक्ष तथा व्यवसायी पुरु खनालले आफ्नो जन्मदिनको अवसर पारेर उक्त स्वास्थ्य सामग्री शुक्रबार प्रेस संंगठन चितवनलाई हस्तान्तरण गरेको हो ।
अध्यक्ष खनालले प्रेस संगठनको कार्यालयमा संगठनका केन्द्रीय कोषाध्यक्ष सुरेशचन्द्र अधिकारी, जिल्ला अध्यक्ष प्रकाशमणी ज्ञवाली, सचिव राजेन्द्र आचार्य र सदस्य उर्गेन तामाङको उपस्थितिमा पाँच हजार पिस सर्जिकल माक्स र एक सय थान सेनिटाइजर सहयोग हस्तान्तरण गरेका हुन् ।
उनले कोभिडको समयमा अग्रभागमा रहेर काम गरिरहेका पत्रकारलाई सहयोग गर्न पाउँदा खुसी लागेको र आवश्यक परे थप सहयोग गर्ने पनि प्रतिबद्धता व्यक्त गरे ।
संगठनका केन्द्रीय कोषाध्यक्ष अधिकारीले संकटको घडीमा स्वास्थ्य सामग्री सहयोग गर्नुभएकोमा धन्यवाद व्यक्त गरे । यस किसिमको सहयोगले अग्रभागमा रहेर काम गर्ने पत्रकारलाई थप हौसला मिल्ने उनको भनाइ थियो ।
यस्तै प्रेस संगठन चितवनका अध्यक्ष ज्ञवालीले कोरोना भाइरस संक्रमण यस महामारीको समयमा व्यवसायी उनी आफै मारमा परेको समयमा पत्रकारलाई सम्झेर सहयोग गर्नुभएकोमा आभार व्यक्त गरे ।
अध्यक्ष खनाल उद्योग वाणिज्य संघ रत्ननगरका उपाध्यक्ष, नेपाल ह्याचरी उद्योग संघ बागमती प्रदेश सदस्य, कुखुरा व्यवसायी संघ पूर्वी चितवनका महासचिवलगायत विभिन्न दर्जन बढी संघसंस्थामा आवद्ध छन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

प्रेस संगठन चितवनलाई ६० हजारको स्वास्थ्य सामग्री सहयोग
May 28, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
