चितवन / चितवनलगायत देशैभर लगातार भारी वर्षा भएको छ । लगातारको वर्षाले जनजीवन प्रभावित भएको छ भने ठाउँ ठाउँमा वर्षाका कारण पानी जम्न थालेको छ ।
आज शुक्रबार बिहानैदेखि यास चक्रवातको प्रभावले चितवनलगायत देशका अधिकांश स्थानहरूमा पनि मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित भारी वर्षा भएको हो । हिजो बिहीबारदेखि सुरु भएको वर्षा भोलिसम्म रहने अनुमान गरिएको छ ।
प्रदेश १, प्रदेश २, लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेश तथा देशका हिमालीर उच्च पहाडी भूभागमा हल्कादेखि मध्यम हिमपात र वर्षा भएको छ ।
उच्च हिमाली र पहाडी भूभागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपात र वर्षा र गण्डकी प्रदेशका केही स्थानहरूमा बागमती प्रदेश, प्रदेश १ तथा सुदुरपश्चिम प्रदेशका उच्च हिमाली र पहाडी भूभागका केही स्थानमा हिमपात भएको छ ।
हाल देशमा बंगालको खाडीमा रहेको यास नाम गरिएको चक्रपातको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
चितवनमा बिहानैदेखि भारी वर्षा, जनजीवन प्रभावित
May 28, 2021
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -