February 8, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

९ हजार ८४१ जना संक्रमणमुक्त, हालसम्मकै बढी निको

May 28, 2021

काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार ८४१ जना कोरोना संक्रमण मुक्त भएका छन् । शुक्रबार प्रेस ब्रिफिङ मार्फत् ९ हजार ८४१ जना कोरोना संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जानकारी दिए । यससँगै कुल कोरोना संक्रमणमुक्त हुनेको संख्या ४ लाख २८ हजार ६ सय ७० पुगेको छ ।
यस्तैगरी स्वास्थ्य मन्त्रालयका अनुसार ६९५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २० हजार ११० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६८५५ र एन्टिजेन विधिबाट ९६ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ५ लाख ४९ हजार १११ पुगेको छ ।
त्यस्तैगरी कोरोना संक्रमणबाट थप ९६ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ७ हजार ४७ पुगेको छ ।

- ADVERTISEMENT -