काठमाडौँ / नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालगञ्जको भेरी अस्पतालका डाक्टर र नर्समाथि भएको आक्रमणको निन्दा गरेका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत अध्यक्ष प्रचण्डले डाक्टर र नर्सहरु माथि भएको कुटपिट जस्तो अमानवीय व्यवहार प्रति खेद प्रकट गर्दै आक्रमणमा संलग्नलाई कानुनी कारवाहीको माग गरेका हुन् ।
‘नेपालगंज स्थित भेरी अस्पतालमा डाक्टर र नर्सहरु माथि भएको कुटपिट जस्तो अमानवीय व्यवहार प्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ र खेद प्रकट गर्दछ।’ उनले भनेका छन्, ‘हाम्रो पार्टीले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा आफ्नो स्वास्थ्यलाई ख्याल नगरि अहोरात्र खट्टिएका स्वास्थ्यकर्मी माथि नै सांघातिक हमला गर्ने जो कोहीलाई पनि कानुनी कारवाही गरियोस् भनि माग पनि गर्दछ ।’
बिहीबार दाङका एक संक्रमितको भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए । घटनामा चार नर्सिङ स्टाफ र एक चिकित्सक घाइते भएका छन् । हाल उक्त घटनाको विरोधमा अस्पतालका चिकित्सक, नर्स तथा कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । कडा कारबाही होस् – देउवा
त्यसैगी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालगञ्जको भेरी अस्पतालमा डाक्टर र नर्सहरुमाथि आक्रमणमा संलग्नहरुलाई कारबाहीको माग गरेका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत सभापति देउवाले जोखिम लिएर विरामीको उपचारमा दिनरात खटेका स्वास्थ्यकर्मीहरुमाथि आक्रमण हुनु निकै निन्दनीय कार्य भएको बताउँदै घटनाको तत्काल छानविन गरी आक्रमणमा संलग्नमाथि कडा कारवाही गर्न माग गरेका हुन् ।
‘नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर र नर्सहरुमाथि आक्रमण हुनु निकै निन्दनीय कार्य हो। यो महामारीका बेला ठूलो जोखिम लिएर स्वास्थ्यकर्मीहरु विरामीको उपचारमा दिनरात खटेका छन्।’ उनले भनेका छन्, ‘स्वास्थ्यकर्मीमाथि भएको यो घटनाको तत्काल छानविन गरी आक्रमणमा संलग्नमाथि कडा कारवाही गर्न माग गर्दछु ।’
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

डाक्टर र नर्स कुटपिट : कारबाहीको माग गर्दै प्रचण्ड र देउवा
May 28, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
