December 6, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘गिरिजा, प्रचण्ड र माधव नेपाल गणतन्त्रका महानायक’ 

May 29, 2021
File Photo

काठमाडौँ / नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले गणतन्त्र स्थापनाका महानायक रुपमा गिरिजा प्रसाद कोइराला, माधव कुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डलाई लिएका छन् । शनिबार १४ औं गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै गौतमले २०६५ जेठ १५ गतेको अवस्थामा नेपाल ल्याई पुर्याउने युगान्तकारी संघर्षका महानायकहरुमा गिरिजा, प्रचण्ड र नेपाललाई स्मरण गरेका हुन् ।
गिरिजा हामीवीच नभएपनि प्रचण्ड र नेपाल राजनीतिमा सक्रिय नै रहेको उनले बताएका छन् । ‘वि.स.२०६५ जेठ १५ गतेको अवस्थामा नेपाललाई ल्याई पुर्याउने युगान्तकारी संघर्षका महानायकहरु भने नेपाली कांग्रेस पार्टीका सभापति गिरिजा प्रसाद कोइराला, नेकपा एमालेका महासचिव माधव कुमार नेपाल र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड हुनुहुन्थ्यो। उहाँहरु मध्ये गिरिजा प्रसाद कोइराला हामी वीच हुनुहुन्न अरु दुइजना भने नेपाली राजनीतिमा सक्रिय नै हुनुहुन्छ।’ उनले भनेका छन् ।
यस्तै, गौतमले एमालेको केन्द्रीय कमिटीमा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाको लिखित प्रस्ताव राख्ने व्यक्ति आफू भएको पनि बताएका छन् । पार्टीमा उक्त प्रस्ताव राख्दा तीनजना नेताहरु विपक्षमा उभिएको उनको भनाई छ । ‘विडम्वना नै भन्नुपर्छ नेकपा एमालेको केन्द्रीय कमिटीको वहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य ३ नेता विरुद्धमा हुनुहुन्थ्यो। त्यो वैठकमा अव संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति म थिएं।’ उनले भने ।

- ADVERTISEMENT -