September 10, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कर्मचारीको तलब मासिक २ हजार वृद्धि

May 29, 2021

काठमाडौं / सरकारले कर्मचारीको मनोबल उच्च बनाउने भन्दै मासिक २ हजार रुपैयाँ तलब बढाउने घोषणा गरेको छ ।
अर्थमन्त्री बिष्णु पौडेलले आज सार्वजनिक गरेको बजेट अनुसार कर्मचारीको तलबमा मासिक २ हजार बढाउने घोषणा गरेका हुन् । महंगी भत्तालाई निरन्तरता दिइएको घोषणा पनि पौडेलले गरेका छन् ।
कर्मचारीको लागि १० लाखसम्मको बीमाको प्रिमियम पनि सरकारले तिरिदिने भएको छ । १ लाखसम्मको स्वास्थ्य उपचार बीमाको प्रिमियम पनि तिरिदिने घोषणा बजेटमा आएको छ ।