February 8, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

देवघाटका भोका बाँदरलाई फलफुल खुवाइयो

May 29, 2021

चितवन / तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ भित्र पर्ने नेपालकै एक पर्यटकीय देवघाटधाम विश्व महामारीको रूपमा फैलिएको कोविड–१९ कोरोना भाइरसको कारण सुनसान छ । यसको प्रभावले जनस्तरमा मात्र नभई पशुपन्छी पनि प्रभाव परेको देखिन्छ । मानिसहरुको आवतजावतमा कडाइ गरेपछि यसको प्रभाव बाँदरहरुमा पनि देखिन थालेको छ ।
देवघाट गाउँपालिका अध्यक्ष दुर्गाबहादुर थापाले कोरोना भाइरसको प्रभाव जनसमुदाय मात्र नभई बाँदरहरुमा पनि देखिएको बताए । दैनिक मठ, मन्दिरहरुमा पुजापाठ गर्न आउने तिर्थालु भक्तजनहरुले ल्याउने फलफूल अन्य खानेकुरा खाएर आफ्नो पेट भर्ने बाँदर अहिले निषेधाज्ञाका कारण भोकै भएको उनले भने ।
आगामी दिनहरुमा अझै विभिन्न संघ, संस्थाहरुसँग समन्वय गरी बाँदर ब्यबस्थापन गर्ने र संरक्षणको लागि ‘बादर पार्क’ बनाउने विषयमा प्रदेश र केन्द्र सरकारसँग पहल भएको बताए ।
यसैबीच ब्लड डोनर्स सोसाइटी नेपालको आयोजनामा करिब ३ सय भोका बाँदरहरुलाई फलफुल खुवाएका छन् । ब्लड डोनर्सका अध्यक्ष तथा कार्यक्रम संयोजक अर्जुन अधिकारीले कोरोना भाईरस महामारी लकडाउनको प्रभावमा परी दैनिक ज्यालादारी मजदुर गरेर आफ्नो जीवन गुजारा गर्ने ब्यक्तिहरुलाई मात्र नभई भोका बाँदरलाई पनि फलफूल खुवाइएको बताए ।
उनका अनुसार पशुपंन्छीहरुलाई पनि मध्यनजर गर्दै आज देवघाटको गलेश्वर चोक, देवघाट शिवालय मन्दिर आसपासमा रहेको भोका बाँदरहरुलाई फलफुल खुवाएको हो । बाँदर लगायत अन्य पशुपंन्छी बाँच्न पाउने अधिकार हो भने यसको संरक्षण गर्ने हामी सवैको दायित्व भएको उनको भनाइ थियो ।
कार्यक्रममा देवघाट ईलाका प्रहरी कार्यालय इन्चार्ज सुशील लामिछाने, देवघाट युवा तथा खेलकुद समितिका अध्यक्ष सुकु गुरुङ, ब्लड डोनर्स सोसाइटी नेपालका सचीव अन्जन दवाडी र सदस्य कुशल लम्साल, समाजसेवी सिता कडेल, देवघाट सामुदायिक स्वयंसेवक केशव पोख्रेल लगायतको सहभागिता रहेको थियो ।
चितवन र तनहुँको देवघाट गरी करिब २ हजार पाँच सय बाँदर रहेको बताइएको छ ।

- ADVERTISEMENT -