September 10, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सरकारको १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट प्रस्तुत

May 29, 2021

काठमाडौं / सरकारले आगामी वर्षको लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक गरेको छ ।
अर्थमन्त्री बिष्णु पौडेलले आज सो रकमको बजेट सार्वजनिक गरेका हुन् ।
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले संसद विघटन गरेपछि सरकारले आज अध्यादेशमार्फत् बजेट सार्वजनिक गरेको हो । यसअघि मन्त्रिपरिषद्ले बजेट अध्यादेश स्वीकृत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपतिले अध्यादेश स्वीकृत गरेपछि अर्थमन्त्री पौडेलले बजेट सार्वजनिक गरेका हुन् ।