चितवन / अवैध रुपमा सालको काठ चोरी निकासी गर्ने एक जना पक्राउ गरेको छ । शनिबार अवैध रुपमा ९.३९ क्युफिट सालको काठ चोरी निकासी गर्ने एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवन प्रहरी प्रवक्ता सूर्य थापाले जानकारी दिए ।
प्रवक्ता थापाका अनुसार पक्राउ पर्नेमा कालिका नगरपालिका वडा नम्बर ३, दुई विगाहा वर्ष ३३ का जयराम चेपाङ हुन् । चोरी निकासीमा प्रयोग गरिएका ५ थान साइकल पनि प्रहरीले बरामद गरेको प्रहरीले बताए ।
पक्राउ परेका चेपाङलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला वन कार्यालय चितवनमा पठाइएको छ । उक्त कार्यमा प्रारम्भिक अनुसन्धानबाट अन्य व्यक्तिको पनि संलग्न रहेको र उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
९.३९ क्युफिट सालको काठसहित एक पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
