February 8, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बागमती प्रदेशमा कोरोनाले एकैदिन २१ को मृत्यु

May 30, 2021

मकवानपुर / बागमती प्रदेशमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु भएको छ । निधन हुनेमा ६ जना महिला र १५ जना पुरुष रहेको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
संक्रमणका कारण काभ्रेमा ९ जना, काठमाडौंमा ५ जना, ललितपुरमा ४ जना, झक्तपुर चितवन र सिन्धुपाल्चोकमा १/१ जनाको निधन भएको बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
हालसम्म प्रदेशका १३ जिल्लामा कोरोना संक्रमणका कारण २ हजार ३ सय ५१ जनाको निधन भइसकेको छ ।
त्यस्तै सोही अवधिमा बागमती प्रदेशमा १ हजार ९ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
संक्रमण पुष्टि हुनेमा काठमाडौंका ८ सय ६७ जना, ललितपुरका १ सय ९९ जना, भक्तपुरका १ सय ५ जना, काभ्रेका ९२ जना, सिन्धुपाल्चोकका ७९ जना, रामेछापका ५ जना, दोलखाका १६ जना, रसुवाका २ जना, नुवाकोटका ६७ जना, धादिङका १ सय ३६ जना, चितवनका ४१ जना, मकवानपुरका २ सय ८७ जना र सिन्धुलीका १७ जना रहेका छन् ।

- ADVERTISEMENT -