काठमाडौं / पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार २०५ जना कोरोना संक्रमण मुक्त भएका छन् । आइतबार प्रेस ब्रिफिङ मार्फत थप ६ हजार २०५ जना कोरोना संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ४ लाख ४० हजार ९ सय ५५ पुगेका छन् ।
यस्तै नेपालमा थप ४३६९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ३७०२ र एन्टिजेन विधिबाट ६६७ जनामा संक्रमण पुष्टि भएका हुन् । यससँगै नेपालमा कुल संक्रमितको संख्या ५ लाख ५७ हजार ७९१ पुगेको छ ।
त्यस्तै कोरोना संक्रमणबाट थप १०९ जनाको मृत्यु भएका छन् । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ७ हजार २७२ पुगेका छन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

नेपालमा आज ६२०५ जना कोरोनामुक्त, ४३६९ संक्रमण पुष्टि
May 30, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
