२०८२ बैशाख ३०, मंगलवार
May 13, 2025
२०८२ बैशाख ३०, मंगलवार
May 13, 2025 Tuesday

ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते

प्रकाशित मिति : २०७८ जेष्ठ १६ गते
file photo.
- ADVERTISEMENT -

चितवन / ग्यास सिलिण्डर पड्किँदा दुई जना घाइते भएका छन् । भरतपुर–१०, स्यालीबजारमा आइतबार खाना पकाउने क्रममा ग्यास सिलिण्डर पड्किँदा दुई जना आमा र छोरा घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए ।
उनका अनुसार घाइते हुनेहरुमा सोही स्थानका ३४ वर्षीया शर्मिला आचार्य र उनका १६ वर्षीय छोरा आयुष आचार्य रहेका छन् । घाइते दुबै जनाको नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । उनीहरुको अवस्था अहिले सामान्य भएको बताइएको छ ।
आगलागीबाट ग्यास सिलिन्डर दुई थान, फ्रिज एक थान, चुलो एक थान, भाँडावर्तन र भान्सा कोठामा प्रयोग गरिएको जिप्सनमा क्षति पुगेको प्रहरीले जनाएको छ । आगो स्थानीय, प्रहरी र दमकलको सहायताले नियन्त्रणमा लिइएको प्रहरीले बताए ।

- ADVERTISEMENT -