February 8, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

समाजसेवी अग्रवालद्धारा ५० विपन्न परिवारलाई खाद्यान्न सहयोग

May 31, 2021

चितवन / भरतपुर नारायणी नदी किनार लिलाचोकमा आश्रित विपन्न ५० घर परिवार मजदुरलाई खाद्यान्न सहयोग प्राप्त भएको छ । समाजसेवी उमाशंकर अग्रवालसहितको परिवारले सो खाद्यान्न सहयोग गरेको हो ।
लडकडाउनका ज्याला मजुदरी गर्नेहरुमा आर्थिक अभावले गर्दा बिहान–बेलुकाको छाक टार्न समेत समस्या भएको अवस्था देखेपछि उनीहरुलाई खाद्यान्न सहयोग गरिएको समाजसेवी अग्रवालले बताए । अग्रवाल परिवारले आफ्नै घर नजिक नारायणी नदी किनार आसपासमा मजुदरी गर्न नपाएका कारण समस्यामा परेको देखेपछि उनीहरुका लागि १५ दिनलाई पुग्ने खाद्यान्न सहयोग गरेको उनको भनाइ छ ।
उनीहरुलाई चामल, सोयाविन मस्यौरा, दाल, तेल, चाउचाउ, विष्कुट र भुजा लगायतका खाद्य सामग्री सहयोग गरिएको हो ।
‘लकडाउनकै कारण हाम्रो आसपास कसैले पनि भोकभोकै बस्नुपर्ने छैन,’ उनले भने, ‘विपन्न परिवार र दैनिक ज्यालादारी मजदुरलाई आवश्यकताको पहिचान गरेर खाद्यन्न उपलब्ध गराएका छौँ।’ यसमा सबैले हातेमालो गर्नुपर्ने र सहयोग गर्न आग्रह समेत गरेका थिए ।

- ADVERTISEMENT -