चितवन / निषेधाज्ञाका कारण चितवन जिल्लामा रगतको अभाव हुन नदिन गरिएको कार्यक्रम अन्तर्गत १३ महिलासहित ११६ जनाले रक्तदान गरेका छन् । अखिल क्रान्तिकारी र वाईसीयल नेपाल चितवनको संयुक्त आयोजनामा सोमबार कालिका नगरपालिकाको शहिद स्मृति क्याम्पस परिसरमा रक्तदान कार्यक्रम गरिएको हो ।
वाइसिएल नेपाल चितवनका जिल्ला संयोजक मधु न्यौपानेले कोरोनाको विषम परिस्थितिमा पनि जिल्लामा रगतको अभाव हुन नदिन निरन्तर रक्तदान कार्यक्रम गरिएको बताए । बन्दाबन्दीको अवधिमा पनि जिल्लाका विभिन्न ठाउँमा रगत संकलन कार्यलाई नियमित गरिएको उनले भने ।
संगठनको आयोजनामा गरिएको रक्तदान आज चौथो पटक हो । यसअघि पहिलो दिन भरतपुर महानगर–२३ मा १०३ जनाले रक्तदान गरेका थिए । त्यस्तै दोस्रो दिन भरतपुर महानगर–१ रामनगरमा ८२ जना र तेस्रो दिन भरतपुर–११ मा ६१ जनाले रक्तदान गरेका थिए ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटी सचिवालय सदस्य तथा चितवन जिल्ला अध्यक्ष यमबहादुर परियार प्रमुख अतिथि रहेका थिए । उनले जिल्लामा रगतको अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम गरेकोमा संगठनलाई धन्यवाद व्यक्त गरे ।
संगठनले आगामी जेठ २१, २२ र २३ गते माडी नगरपालिकामा रक्तदान कार्यक्रम गर्ने बताइएको छ भने अघिल्लो वर्ष निषेधाज्ञामा १२०० प्वाइन्ट रगत संकलन गरेको थियो ।
June 1, 2021
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -