January 15, 2025
- ADVERTISEMENT -

फ्रान्सले दिएको स्वास्थ्य सामग्री आइपुग्यो काठमाडौं

June 2, 2021
Photo : Google.

काठमाडौं / फ्रान्स सरकारले नेपाललाई दिएको कोरोना महामारी विरुद्धका सामग्री नेपाल आइपुगेको छ । स्वास्थ्य सामग्री बोकेर विशेष जहाज आज काठमाडौं त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल आएको हो । नेपालका लागि फ्रान्सका राजदूत फ्रान्कोइस जाभियर लेजरले विमानस्थलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयस त्रिपाठीलाई सामग्री हस्तान्तरण गर्नुभयो ।
फ्रान्सले ५ लाख ४ हजार मास्क, २० हजार एन्टीजेन किट, १२ हजार चस्मालगायतका सामग्री नेपाल पठाएको हो ।स्वास्थ्यमन्त्री त्रिपाठीले सहयोगको लागि फ्रान्स सरकार र त्यहाँका नागरिकलाई धन्यवाद दिनुभएको छ । स्वास्थ्यमन्त्री त्रिपाठीले फ्रान्स र युरोपेली युनियनलाई कोरोना विरुद्धको खोपको लागि सहजीकरण गरिदिन पनि आग्रह गर्नुभएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -