काठमाडौँ / तपाईं कोरोना संक्रमित हुनुहुन्छ वा संक्रमणपछि निको हुनुभएको छ ? सावधान, तपाईंको आँखामा कालो ढुसीको संक्रमण हुन सक्छ। यस्तो भएमा आँखाको दृष्टिसमेत गुम्न सक्छ। केही समयदेखि भारतका विभिन्न प्रान्तमा फैलिरहेको कालो ढुसी दुई सातादेखि नेपालमा पनि देखिएको छ। कोरोना संक्रमित या संक्रमण भइसकेका व्यक्तिमा देखिने कालो ढुसीका कारण कतिपयको आँखाको दृष्टिसमेत गुमेको चिकित्सकले औंल्याएका छन्।
के हो कालोढुसी ?
फलफूल तथा तरकारी कुहेको फोहोर र प्रदूषित वातावरणमा कालो ढुसी पाइन्छ। यो ढुसी छोएको हात सफा नगरी नाकमा छोएमा सोही माध्यमबाट शरीरका अन्य भागमा पुग्छ। चिकित्सकका अनुसार सुरुमा नाक, त्यसपछि नाकको हड्डी छेडेर आँखा या आँखाबाट बे्रन (मस्तिष्क) मा समेत कालो ढुसीको संक्रमण हुन्छ। अहिले यो कालो ढुसी भारतका महाराष्ट्र, दिल्ली तथा अन्य प्रान्तमा फैलिसकेको छ। नेपालमा पनि यो रोग देखिएको छ।
कालो ढुसी मुख, नाक, फोक्सो, आँखा र मस्तिष्कमा पुगेपछि मानिसको मृत्युसमेत हुने तिलगंगा आँखा अस्पतालका अकुलोप्लास्टिक सर्जन डा. बेन लिम्बु बताउँछन्। कालो ढुसी मानिसको नाकमा प्रवेश गरेको ७ देखि १४ दिनभित्रमा त्यसले पूरै हानि पुर्याइसकेको हुन्छ। कालो ढुसी मस्तिष्कमा पुगेका व्यक्तिमध्येमा १० प्रतिशतको मृत्यु हुन्छ।
कोरोना संंक्रमणका कारण प्रतिरोधात्मक क्षमता कमजोर भएका, मधुमेह तथा मिर्गौला रोगी भई कोरोना संक्रमित भएका व्यक्तिहरूमा कालो ढुसी बढी देखापरेको छ। प्रतिरक्षा क्षमता कमजोर भएका व्यक्तिहरूमा लाग्ने भएकाले कालो ढुसीलाई अवसरवादी संक्रमण पनि भनिन्छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

कोरोना संक्रमितको आँखामा कालो ढुसी, दृष्टि गुम्न सक्ने : चिकित्सक

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.95
152.55

European Euro
1
170.07
170.74

UK Pound Sterling
1
201.57
202.37

Swiss Franc
1
182.30
183.02

Australian Dollar
1
106.52
106.95

Canadian Dollar
1
106.91
107.33

Singapore Dollar
1
118.53
119.00

Japanese Yen
10
9.59
9.63

Chinese Yuan
1
22.70
22.79

Saudi Arabian Riyal
1
40.46
40.62

Qatari Riyal
1
41.68
41.85

Thai Baht
1
4.53
4.54

UAE Dirham
1
41.37
41.54

Malaysian Ringgit
1
37.22
37.37

South Korean Won
100
11.38
11.42

Swedish Kroner
1
15.25
15.31

Danish Kroner
1
22.75
22.84

Hong Kong Dollar
1
19.36
19.44

Kuwaity Dinar
1
493.10
495.05

Bahrain Dinar
1
402.20
403.79

Omani Rial
1
394.67
396.23











