२०८२ असार ३२, बुधबार
July 16, 2025
२०८२ असार ३२, बुधबार
July 16, 2025 Wednesday

प्रेस काउन्सिलको अध्यक्षमा बस्नेत नियुक्त

प्रकाशित मिति : २०७८ जेष्ठ २१ गते

काठमाडौं / नेपाल प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त भएका छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दोलखाका बस्नेतलाई ४ वर्षका लागि काउन्सिलको अध्यक्ष नियुक्त गरेको हो । पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य बस्नेत हालै सम्पन्न निर्वाचनमा महासचिव पदमा पराजित भएका थिए ।
बस्नेतले लामाे समय कान्तिपुर दैनिकमा काम गरेका थिए । पछिल्लो समय उनी अनलाइन पत्रकारितामा थिए।

- ADVERTISEMENT -
- ADVERTISEMENT -