February 6, 2025
- ADVERTISEMENT -

मकवानपुरमा जेठ ३१ सम्म निषेधाज्ञा, खाद्यन्न पसल ५ घण्टा खुल्ने

June 4, 2021

हेटौंडा / बागमती प्रदेशको राजधानी मकवानपुरमा पछिल्लो एक महिना देखि जारी निषेधाज्ञा शुक्रवारबाट जेठ ३१ सम्म थप भएको छ । शुक्रवारबाट अत्यावश्यक उपभोग्य वस्तु (खाद्यन्न,पानी,दूध,माछा,मासु,अण्डा,फलफूल तथा तरकारी) बिक्री वितरण गर्न बिहान ४ बजेबाट बिहान ९ बजेसम्म खोल्न पाइने भएको छ ।
बैशाख १९ गते बुधबार बसेको जिल्ला प्रशासन कार्यलय मकवानपुरको कोभिड संकट व्यवस्थापनको बैठकले जारी निषेधालाई जेठ ३१ गते सम्म थप गर्ने र खाद्यन्नको पसलहरु बिहान ४ बजेबाट ९ बजेसम्म खोल्न दिने निर्णय गरेको हो । बैठकले औषधी र खाद्य वस्तु तोकिएको समयमा खरिद गर्न नजिकका पायक पर्ने स्थानमा जान बाहेक घर बाहिर निस्कन,मर्निङ तथा इभनिङ वाकमा जान र हिडडुुल गर्न नदिने निर्णय यथावत राखेको छ ।
के के खुल्छ/बन्द हुन्छ ?
मकवानपुरमा गएको बैशाख २० गतेबाट हालसम्म निषेधाज्ञा जारी रहेको छ । जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रले बैशाख २० गतेबाट ३१ गते राति १२ बजेसम्म मकवानपुरको हेटौंडा उपमहानगरपालिका,थाहा नगरपालिका,भीमफेदी गाउँपालिका र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो ।
बैशाख ३० गते बसेको कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले बैशाख २० गतेबाट जारी निषेधाज्ञालाई मकवानपुरभर जारी गर्ने निर्णय गरेको थियो । बैठकले ३१ गते राति १२ बजेबाट जेठ १३ गते रातिसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । यसैगरि जेठ ११ गतेको केन्द्रको बैठकले जारी निषेधाज्ञालाई २० गतेसम्म थप गर्ने निर्णय गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -