February 8, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

ताइपेइलाई २–० ले हराउँदै नेपालको जीत

June 4, 2021
Photo : google

काठमाडौं / सन् २०२२ फिफा विश्वकप र सन् २०२३ एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीले ताइपेईमाथि सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० गोलको जित निकालेको हो ।
कुवेतको राजधानी कुवेत सिटीमा नेपाललाई जित दिलाउन अन्जन विष्ट र नवयुग श्रेष्ठले एक–एक गोल गरे । नेपालले खेलको चौथो मिनेटमा अग्रता बनाएको थियो । खेलको चौथो मिनेटमा गोल गर्दै अन्जनले नेपाललाई अग्रता दिलाए ।
पहिलो हाफमा १–० गोलको अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप एक गोल गरेको हो । नेपालका लागि दोस्रो गोल बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका नवयुग श्रेष्ठले गरे । उनले खेलको ८१ औं मिनेटमा समन अर्यालले दिएको पासमा गोल गर्दै टिमलाई २–० गोलको जित निकाले ।
जितसँगै नेपालले विश्वकप छनोटको समूह ‘बी’मा रहेको नेपालले ६ खेलबाट ६ अंक जोडेको छ । योसँगै नेपालको विश्वकप छनोटमा आफ्नो गणितिय सम्भावना भने कायम राखेको छ ।

- ADVERTISEMENT -