June 25, 2024

चितवनका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

June 4, 2021

चितवन / चितवनका विभिन्न ठाउँमा भोलि (शनिबार) चार घण्टा विद्युत् अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार शनिबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ । भरतपुर बस टर्मिनलदेखि गोन्द्राङसम्म सडक विस्तारको क्रममा विद्युतका पोलहरु सार्ने काम भएकाले विद्युत् कटौती गर्न लागिएको प्राधिकरणले जनाएको छ ।
विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्र अन्तरगतको भरतपुर–२ र औद्योगिक फिडर–१ अन्तरगतका स्थानहरुमा विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ ।
यदि तोकिएकै समयभन्दा पहिले काम सम्पन्न भए छिट्टै विद्युत् सुचारु हुने प्राधिकरणले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -