चितवन / चितवनका विभिन्न ठाउँमा आज चार घण्टा विद्युत् अवरुद्ध हुने भएको छ । शुक्रबार एक सूचना जारी गर्दै नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले चार घण्टा विद्युत् अवरुद्ध हुने जानकारी गराएको हो ।
केन्द्रका अनुसार आज शनिबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ । भरतपुर बस टर्मिनलदेखि गोन्द्राङसम्म सडक विस्तारको क्रममा विद्युतका पोलहरु सार्ने काम भएकाले विद्युत् कटौती गर्न लागिएको प्राधिकरणले जनाएको छ ।
विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्र अन्तरगतको भरतपुर–२ र औद्योगिक फिडर–१ अन्तरगतका स्थानहरुमा विद्युत् कटौती हुने सूचनामा जनाइएको छ ।
यदि तोकिएकै समयभन्दा पहिले काम सम्पन्न भए छिट्टै विद्युत् सुचारु हुने प्राधिकरणको सूचनामा उल्लेख छ ।