June 13, 2024

चितवनमा थप १३४ जनामा कोरोना संक्रमण

June 7, 2021

चितवन / चितवनमा थप १३४ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा थप १३४ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार भरतपुर महानगरपालिकाका ९६ जना, खैरहनी नगरपालिकाको ८ जना, माडीको ८ जना, रत्ननगर नगरपालिकाको १० जना, राप्तीको ३ जना, कालिकाको ५ र इच्छाकामना गाउँपालिकाको ४ जना रहेका छन् ।
गत शुक्रबारदेखि निरन्तर १०० जना भन्दा कम संक्रमित देखिएकोमा आज सोमबार एक्कासी यो संख्या बढेर १३४ जना पुगेको छ । योसँगै चितवनमा कोरोना संक्रमितको संख्या १४ हजार ४७६ जना पुगेको छ ।
विगत २४ घण्टामा चितवनका ३ जनाको मृत्यु भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -