June 13, 2024

एकल महिलालाई आयआर्जनमा १५ हजार सहयोग

June 7, 2021

मकवानपुर / हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडाका एक/एक जना एकल महिलालाई आयआर्जनमा सहयोग गरिएको छ ।
एकल महिलालाई आयआर्जनमा सहयोग पुगोस् भन्ने उद्देश्यले उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले नगद रकम अनुदानका रुपमा हस्तान्तरण गरेका हुन् ।
मेयर महतले सबै वडाका एक/एक जना एकल महिलालाई जनही नगद १५ हजार रुपैयाँका दरले रकम हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा हेटौंडाका १४ वटा वडाका १४ जनालाई मेयर महतले हस्तान्तरण गरेका हुन् । बाँकी अन्य वडाका एकल महिलालाई भने केही दिनपछि उक्त रकम हस्तान्तरण गर्ने मेयर महतले जानकारी दिए ।
एकल महिलालाई कुखुरा पालन, तरकारी पसल, किराना पसल, बाख्रा पालन, गाई पालन लगायतका क्षेत्रमा सहयोग पुगोस् भन्ने उद्देश्यले अनुदान रकम हस्तान्तरण गरिएको उपमहानगरपालिकाका महिला तथा बालबालिका महाशाखाका प्रमुख बिष्णु कुमारी लामिछानेले जानकारी दिइन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -