January 21, 2025
- ADVERTISEMENT -

दैनिक संक्रमणमुक्त दर बढ्दै : ६९५१ निको, ४४७२ जना संक्रमित

June 8, 2021

काठमाडौं / पछिल्लो थप २४ घण्टामा नेपालमा ६९५१ जनामा कोरोनाभाइरस संक्रमण मुक्त भएका छन् । सोमबारको प्रेस ब्रिफिङमार्फत थप २४ घण्टामा नेपालमा ६९५१ जनामा कोरोनाभाइरस संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ४ लाख ९७ हजार ९६० पुगेको छ ।
त्यस्तै ४४७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ३३७० र एन्टिजेन विधिबाट ११०२ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ५ लाख ९१ हजार ४९४ र एन्टिजेनबाट १४ हजार ६६१ जना पुगेको छ ।
यस्तै कोरोना संक्रमणबाट थप ९२ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ७ हजार ९९० पुगेको छ । निको हुनेको दर ८४.२ प्रतिशत छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -