चितवन / जवरजस्ती करणी गर्ने र कर्तव्य ज्यान मुद्दाका कैद सजाय तोकिएका फरार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ पर्नेमा जवरजस्ती करणी मुद्दामा ६ वर्ष कैद तोकिएका भरतपुर महानगरपालिका वडा नम्बर १० का मीनबहादुर तामाङ रहेका छन् । त्यस्तै अर्का कर्तव्य ज्यान मुद्धामा पांँच वर्ष कैद सजाय तोकिएका भरतपुर महानगरपालिका वडा नम्बर ७ का उदेश विक रहेका छन् ।
करणी मुद्दामा सजाय तोकिएका तामाङलाई पुनरावेदन अदालत, हेटौडाले र कर्तव्य ज्यान मुद्दाका विकलाई सर्वोच्च अदालतले दोषी ठहर गरी सजाय तोकेको थियो । उनीहरुलाई पक्राउ गरी अदालत उपस्थित गरिएको प्रहरीले जनाएको छ ।
- ADVERTISEMENT -
कैद सजाय तोकिएका फरार दुईजना पक्राउ
June 8, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -