काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ७० जना संक्रमित निको भएका छन् । नेपालमा संक्रमित निको हुनेदर ८४ दशमलव ७ प्रतिशत रहेको स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, देशभर हालसम्म ५ लाख ४ हजार ५ सय ३० जना कोरोना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर ५ हजार १ सय ५३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ६५ जनाको पिसिआर र ५ हजार ६११ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ३ हजार ८ सय ७० जना र एन्टीजेटमार्फत १ हजार २ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै देशभर १०८ जना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कूल संख्या ८ हजार ९८ जना पुगेको छ ।
नेपालमा आज ६५७० संक्रमणमुक्त, थप ५१५३ जना संक्रमित

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
