February 11, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मोटरसाईकल दुर्घटना : एकको मृत्यु, एक घाईते

June 9, 2021

चितवन / कालिका नगरपालिका–९ चुनखानीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ । उपरदाङगढीबाट शक्तिखोरतर्फ ना३६प २१९९ नम्बरको मोटरसाइकलमा आउँदै गर्दा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए ।
प्रवक्ता थापाका अनुसार मृत्यु हुनेमा अन्दाजी ६२ वर्षकी हस्तमायाको मगरको घटनास्थलमै मृत्यु भएको हो भने मोटरसाइकल चालक फत्तेबहादुर मगर घाइते भएका छन् । मृतक र घाइते आमा छोरा भएको प्रहरीले बताएको छ ।
प्रहरीले घाइते मगरको दुबै खुट्टा, हात तथा ढाडमा चोट लागेको र अवस्था मध्यम रहेको बताए । उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ । मोटरसाइकल अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको बताइएको छ ।

- ADVERTISEMENT -