मकवानपुर / मकवानपुरमा मंगलबार थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ७६ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार मंगलबार १७३ जनाको पीसीआर परीक्षण गर्दा ४३ जनामा र ३१३ जनाको एन्टीजेन परीक्षण गर्दा ३० जनामा गरी ७३ जनामा कोरोना पुष्टि भएको हो। मकवानपुर मंगलबार १५ प्रतिशतमा कोरोना पुष्टि भएको हो ।
त्यस्तै, मंगलबार विभिन्न मितिमा कोरोना संक्रमित भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका ७६ जना कोरोना संक्रमण मुक्त भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
स्वास्थय कार्यालय मकवानपुरका अनुसार, होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका हेटौंडा उपमहानगरपालिकाका १९ जना, थाहानगरपालिकाका ९ जना, मकवानपुरगढी गाउँपालिकाका ७ जना, बागमती गाउँपालिकाका ६ जना, मनहरी गाउँपालिकाका २१ जना, कैलाश गाउँपालिकाका ३ जना, राक्सिराङ र भीमफेदी गाउँपालिकाका २÷२ जना कोरोना संक्रमणमुक्र भएका हुन् ।
यससँगै जिल्लामा कोरोना संक्रमण निको हुनेको कूल संख्या ७ हजार ४ सय ७० पुगेको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

मकवानपुरमा थपिए ७३ संक्रमित, ७६ जना संक्रमणमुक्त
June 9, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
