चितवन / देशैभर जारी निषेधाज्ञाका कारण दैनिक ज्यालादारी गुजारा गर्ने, आर्थिक विपन्न रुपमा अति विपन्न घर परिवार अहिले भोकमरिको चपेटामा परेका छन् । विपन्न घर परिवारलाई यो विषम घडीमा व्यक्ति, संघसंस्था, मनकारीहरुले राहत वितरण गर्दै आएको छ ।
राहत वितरणका लागि सबैले आ–आफ्नै किसिमका उपायहरु अवलम्बन गरी रहेका छन् । कसैले व्यक्तिगत, कसैले सामूहिक संघ–संगठनको रुपमा राहत संकलन तथा वितरण गर्दै आएको छ ।
यसैबीच गोरखा घर भएकी एक सामाजिक अभियान्ता रेखा तामाङ लोप्चनले सामाजिक संजाल फेसबुक मार्फत आर्थिक तथा राहत संकलन गर्दै आएकी छिन् । उनले कालिका नगरपालिका–१० का विभिन्न गाउँका ६० विपन्न घरधुरी चेपाङलाई १ लाख सत्ताइस हजार बराबरको राहत सामग्री मंगलबार वितरण गरेकी छिन् । राहत स्वरुप चामल, नुन, तेल, दाल लगायतका राहत सामाग्री उनले सहयोग गरेकी हुन् ।
उनले फेसबुक अभियानबाट संकलित रकमबाट उक्त विपन्न घरधुरी चेपाङ परिवारलाई खाद्यान्न सहयोग गरेकी हुन् । उनले चितवनको विकट गाउँमा बसोबास गर्ने विपन्न घरधुरी चेपाङ परिवारहरुमा कोरोना महामारी तथा निषेधाज्ञाले अनिकाल भएको थाहा पाएपछि फेसबुक अभियान थालेकी हुन् ।
यसअघि पनि उनले विपन्न परिवारलाई सहयोग गर्दै आएकी छिन् भने अझ पनि निरन्तर सहयोगको लागि जुटिरहने उनको भनाइ छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सामाजिक संजालबाट सहयोग जुटाउँदै रेखा, एक लाख २७ हजारको राहत सामग्री सहयोग
June 9, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
