२०८२ बैशाख २९, सोमबार
May 12, 2025
२०८२ बैशाख २९, सोमबार
May 12, 2025 Monday

चितवनमा असार ३ सम्म थप निषेधाज्ञा, के पाइने – के नपाइने ?

प्रकाशित मिति : २०७८ जेष्ठ २६ गते
- ADVERTISEMENT -

चितवन / चितवनमा जारी निषेधाज्ञा एकसाता थप गरिएको छ । नयाँ भेरियन्टसहितको कोभिड–१९को संक्रमण अझै पनि कायम रहेको भन्दै आज बुधबार पुनः एक साता निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को सिफारिस अनुसार प्रशासनले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । प्रशासनले एक सूचना मार्फत असार ३ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरिएको जानकारी गराएको हो ।
यसअघि जेष्ठ २० गते राति १२ बजेबाट निषेधाज्ञा थप गरिएको थियो भने जिल्लामा चौथो पटक थप गरिएको निषेधाज्ञाको अवधि भोलि रातिबाट सकिदैछ । दोस्रो चरणको पहिलो निषेधाज्ञा बैशाख १६ गते राति १२ बजेबाट जारी गरिएको थियो ।
१) निषेधाज्ञामा संचालन गर्न नपाइने सेवा तथा कार्यहरु –
– अत्यावश्यक काममा बाहेक कोही पनि व्यक्ति घर बाहिर हिडडुल गर्न नपाइने । तर अत्यावश्यक काम परी घर बाहिर निस्कनै पर्दा अनिवार्य रुपमा मास्क लगाउने, भौतिक दुरी कायम गर्ने तथा तोकिएका जनस्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नु पर्नेछ ।
– सबै प्रकारका सभा , सम्मेलन , गोष्ठी , तालिम , सेमिनार , जावा , महोत्सव सञ्चालन ।
– सिनेमा , पार्टी प्यालेस , डिपार्टमेन्टल स्टोर्स , हेल्थ क्लब , दोहोरी रेष्टुरेन्ट , फनपार्क , फुटसल , पुस्तकालय , संग्रहालय , फिटनेस सेन्टर , जिमखाना , स्पा , स्वीमिङ्गपुल , ब्युटीपार्लर , सैलुन , टेलरिङ्ग , जस्ता कार्य सचालन ।
– होटल तथा रेष्टुरेन्टबाट टेक अवे सेवा बाहेक अन्य सेवा सञ्चालन ।
– फुटपाथ वा खुल्ला ठाउँमा सञ्चालन हुने व्यापाराव्यवसाय तथा कबाडी संकलन ।
– विश्व विद्यालय , क्याम्पस , विद्यालय लगायत सबै शैक्षिक संस्थाहरूमा भौतिक रुपमा उपस्थित भई हुने पठन – पाठन तथा परीक्षा लगायतका शैक्षिक गतिविधिहरू ।
– विवाह , व्रतबन्ध लगायत अन्य संस्कारजन्य कार्यक्रमहरु होटल तथा पार्टी प्यालेसमा संचालन गर्न नपाइने । तर घरमा संचालन गर्ने यस प्रकारका कार्यक्रममा बढीमा १५ जनामा नबढ्ने गरी तोकिएका जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड अनिवार्य पालना गरी गर्ने ।
– मृत्यु संस्कारमा २५ जना भन्दा बढी व्यक्ति सहभागी हुन नपाइने ।
– लामो तथा छोटो दुरीका सार्वजनिक एवं निजी सवारी साधन संचालन गर्न नपाइने ।
– मठ , मन्दिर , मस्जिद , गुम्वा तथा चर्च लगायतका धार्मिक स्थलमा दैनिक नित्य पुजा बाहेक अन्य जमघट गर्न नपाइने ।
– चितवन राष्ट्रिय निकुञ्ज तथा सामुदायिक बनमा हुने सबै प्रकारका जंगल सफारी तथा नारायणी र राप्ति नदिमा हुने जलयात्रा सञ्चालन गर्न नपाइने ।
२) निषेधाज्ञामा संचालन गर्न पाइने सेवा तथा कार्यहरु –
– औषधि, अक्सिजन सिलिण्डर तथा स्वास्थ्य सामग्री सम्बन्धी पसल सञ्चालन गर्न पाइने छ ।
– अत्यावश्यक सेवाप्रवाह गर्ने कार्यालयले न्यूनतम कर्मचारी खटाई आलोपालो प्रणालीबाट सेवा प्रवाह गर्ने । सो बाहेकका अन्य कार्यालयले आलोपालो प्रणालीबाट न्यूनतम कर्मचारी खटाई कार्यालयको आन्तरिक तथा प्रशासनिक कार्य गर्ने । घरबाटै गर्न सकिने कामको हकमा ध्यचप ँचयm ज्यmभ को व्यवस्था गर्ने ।
– दूरसंचार , इन्टरनेट , विद्युत , फोहोरमैला व्यवस्थापन , खानेपानी आपूर्ति सम्बन्धी सेवा तथा पेट्रोल पम्प जस्ता अत्यावश्यक सेवा दैनिक सञ्चालन गर्न पाइनेछ ।
– खाद्यान्न , तरकारी , फलफूल , दुध डेरी माछा ÷ मासु , अण्डा , चल्ला , दाना , एग्रोभेट , खाना पकाउने ग्याँस , निर्माण सामग्री सम्बन्धी पसल दैनिक बिहान ६ः०० बजे देखि विहान १०ः०० बजे सम्म मात्र सञ्चालन गर्न पाइने । दुध डेरीको हकमा बेलुकी ५ः०० बजे देखि बेलुकी ७ः०० सम्म समेत सञ्चालन गर्न पाइने छ ।
– जनस्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्ने सुनिश्चितता गरी पाठ्यपुस्तक विकी वितरण गर्ने पसल सञ्चालन गर्न पाइने छ ।
– रासयनिक मल तथा कृषि विउ विजन विक्री वितरण गर्ने पसल दैनिक सञ्चालन गर्न पाइने छ ।
– अत्यावश्यक सेवा प्रयोजनका लागि बैक , वित्तीय संस्था तथा सहकारी संस्थाबाट हुने बैंकिङ सेवाको हकमा न्यूनतम कर्मचारी खटाई तोकिएका जनस्वास्थ्यका मापदण्डको अनिवार्य रुपमा पालना गरी ÷ गराई बैंकिङ सेवा संचालन गर्ने । बैंक तथा वित्तीय संस्थाका ब्त्ः बुथहरू २४ सै घण्टा सञ्चालन गर्नु पर्ने छ ।
– उद्योग ÷ कलकारखानाको हकमा कर्मचारी तथा कामदारलाई कार्यस्थलमै खाने ÷ बस्ने व्यवस्था गरी सञ्चालन गर्ने । सो संभव नभएमा उद्योगको सवारी साधनले नै घर सम्म लाने ÷ ल्याउने व्यवस्था गर्ने तथा नेपाल सरकारले तोकेका जनस्वास्थ्य तथा सुरक्षाका मापदण्डको अनिवार्य पालना सुनिश्चितता गरेर मात्र सञ्चालन गर्ने ।
– बढिमा ३ जना सम्म कामदार रहने गरी सवारी साधनको मर्मत गर्ने बर्कशप सञ्चालन गर्न पाइने छ ।
– सडक , नदि नियन्त्रण , सिंचाई , खानेपानी , दुरसञ्चार , विद्युत , सहरी विकास लगायतका विकास आयोजनाहरू सञ्चालन गर्दा अनिवार्य रूपमा जनस्वास्थ्यका निर्धारित मापदण्ड पालना गर्नु ÷ गराउनु पर्नेछ ।
३) निषेधाज्ञामा संचालन गर्न पाइने सवारी साधनहरु –
– अत्यावश्यक सेवाहरु जस्तै एम्बुलेन्स (विरामी बाहेक २ जना कुरुवा समेत ) , शववाहन , दमकल , सुरक्षा निकाय , स्वास्थ्यकर्मीले प्रयोग गर्ने सवारी साधन , अक्सिजन तथा स्वास्थ्य सामाग्री ढुवानीका साधन र पेट्रोलियम पदार्थ ढुवानीका साधन ।
– खाद्यान्न , तरकारी , फलफूल , दुग्ध पदार्थ , खानेपानी आपूर्ति , फोहोरमैला व्यवस्थापन , विद्युत , पशुपन्छिजन्य सामग्री , दाना , माछा ÷ मासु , अण्डा , कृषि उपज , विउ विजन , रासयनिक मल तथा कृषि औजार ढुवानी गर्ने सवारी साधन ।
– दूरसंचार , इन्टरनेट , आइसोलेसन , सरसफाइमा प्रयोग गरिने सावुनास्यानिटाइजर , कुरियर तथा डाँक सेवा ।
– कुटनीतिक नियोगका सवारी साधन , बैकको ब्त्ः संचालनमा प्रयोग हुने सवारी साधन र अत्यावश्यक सेवाका लागि प्रयोग हुने सवारी साधन ।
– समाचार संकलन ÷ संप्रेषणका लागि परिचयपत्र बाहक संचारकर्मीले प्रयोग गरेका र पत्रपत्रिका वितरणका लागि प्रयोग भएका सवारी सधान ।
– अन्तर्राष्टिय उडानबाट विदेश जाने यात्रुहरूको हकमा हवाइ टिकट , पासपोर्ट र भिषाको निस्साको आधारमा सिधै एयरपोर्ट सम्म जाने सवारी साधन ।
– राजमार्ग भई अन्य जिल्लामा जाने मालवाहक सवारी साधन , निर्माण सामग्री ढुवानी गर्ने सवारी साधन र खाली फिर्ता हुने सवारी साधन । तर जिल्ला भित्र निर्माण सामाग्री ढुवानी गर्ने सवारी साधनको हकमा बिहान ६.०० बजे देखि दिउसो २.०० बजेसम्म मात्र सचालन गर्न पाइने छ ।
– पुस्तक पसलबाट विद्यालय सम्म पुर्याउने पाठयपुस्तक बोक्ने सवारी साधन ।
४) साथै उपर्युक्त आदेशको पालना तथा कार्यान्वयनमा यसअघि झै आवश्यक सहयोग , समन्वय तथा सहजिकरण हुन सम्बद्ध सबै सरोकारवाला र आम चितवनवासी दिदीबहिनी तथा दाजुभाई समक्ष हार्दिक अनुरोध छ ।
५) उल्लिखित आदेशको अवज्ञा गर्ने वा आदेशको कार्यान्वयनमा बाधा हुने गरी कुनै कार्य गरे / गराएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने व्यहोरा समेत जानकारी गराईन्छ ।

- ADVERTISEMENT -