February 8, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बालक बचाउ अभियानमा सहयोगको अपिल

June 10, 2021

चितवन / चितवनको माडी नगरपालिका-७ देबेन्द्रपुरका ७ बर्षका बिरामी बालक युनिक ढकालको उपचार खर्च जुटाउन संचालन गरिएको ”युनिक ढकाल बचाउ अभियान” का अगुवाहरु बिहीबार माडी देबेन्द्रपुर उनको घर पुगेका छ्न ।
भेटघाटका क्रममा माडी नगरपालिका वडा नम्बर ७ का अध्यक्ष बालाकृष्ण सापकोटाले बालक युनिकको उपचारमा आबश्यक सहयोग गर्ने र सबै लाई सहयोगका लागि अपिल गर्नु भयो । स्थानीयहरुले अभियान लाई सफल बनाउन आफुहरु आर्थिक संकलनमा जुटने बताएका छ्न ।
सोही भेटघाटमा बिरामी बालक युनिक ढकालको उपचारको लागि सामाजिक अगुवा श्रीप्रसाद दबाडीले ५ हजार र अन्य सहयोगीहरुले सहयोग रकम हस्तान्तरण गर्नु भएको थियो ।
बालककी आमा सीता ढकालले आफ्नो ७ बर्षिय छोरा युनिक ढकालको जन्मदेखी नै रगत संबंधित समस्या भएको र छिट्टै नै बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक सहयोगका लागि सबै सग अनुरोध गरेपछी आर्थिक रकम संकलन गर्नका लागि अभियान सुरु गरिएको हो ।
बिरामी बालकको उपचारका लागि काठमाडौंको सिभिल अस्पतालले करिब १५ लाख लाग्ने बताएपछि सहयोगीबाट स्वइच्छिक आर्थिक रकम संकलनका लागि अभियान सुरु गरिएको हो । समयमै उपचार गर्न सके बालकको रोग निको हुने भएलाले मानव रक्षाका लागि सबै बाट पहलको अपेक्षा राखेको जनाइएको छ ।
सहयोगी दाताले सहयोगका लागि युनिक ढकाल कृषि विकास बैक शाखा कार्यलय बसन्तपुर माडी चितवनमा रहेको खाता नं 05-088-01502136-01-1 बिरामी बालकका बारेमा अन्य अधिक जानकारी लिनका लागि आमा सीता ढकाल मोबाइल नम्बर 9862556808 सम्पर्क गर्न सकिने छ ।
युनिक लाई सहयोग गर्न चाहानुहुने सहयोगीहरुले तल उल्लेखित बैंक खाता र इसेवा नम्बर 9845447530 (Devika kunwar) माछापुच्छ्रे बैंक हाकिम चोक चितवन (Laxman Gautam खाता नं 10-48-524-840037-01-8 सनराइज बैंक लाइन्सचोक Devika Kunwar खाता नं 0170496694202001 मा रकम जम्मा गर्न सकिने ब्यबस्थापन मिलाइएको “युनिक ढकाल बचाउ अभियान ” ले जनाएको छ ।

- ADVERTISEMENT -