February 6, 2025
- ADVERTISEMENT -

रतनपुरका विपन्न परिवारलाई दक्षिण कोरियाबाट १ लाखको राहत सामग्री सहयोग

June 10, 2021

चितवन / भरतपुर–२१ रतनपुरका ४८ घरधुरी विपन्न परिवारलाई १ लाख बराबरको राहत सामग्री वितरण गरिएको छ । वैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरिया रहनु भएका लक्ष्मी तामाङ र पूर्णिमा तामाङले उक्त राहतको लागि रकम संलकन गरी सहयोग गर्नु भएको राष्ट्रिय आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेकना तामाङले जानकारी दिए ।
उक्त राहत सामग्री ४५ घरधुरी कोठा भाडामा बस्ने र अति विपन्न परिवारलाई वितरण गरिएको हो भने ३ घरधुरी अपाङ्ग वृद्धवृद्धाहरुलाई उनकै घरमा पुगी राहत सामग्री दिइएको उनले बताए । राहत सामग्री स्वरुप २० केजी चामल, २ माना बेसार, १ केजी दाल, १ पोका तेल, १ पोका नुन, १ पोका मसला राहत सामग्री वितरण गरिएको थियो ।


अध्यक्ष तामाङका अनुसार कान्छीमाया तामाङले छोरीद्वय (लक्ष्मी र पूर्णिमा)लाई राहतको लागि रकम संलकन गर्न पहल गरेकी हुन् । आगामी दिनमा पनि राहत सामग्री वितरणलाई निरन्तरता दिने उनको भनाइ छ ।
राहत सामग्री वितरणका लागि मेकना तामाङ, मिलन तामाङ, सुरेश तामाङ, सागर तामाङ, कान्छी तामाङले संयुक्त रुपमा सहजीकरण गरेका थिए । कार्यक्रममा राष्ट्रिय सभा सदस्य रीना गुरुङ, आदिवासी जनजाति महासंघ जिल्ला शाखा चितवनका अध्यक्ष सुरवीर थापा, सिद्धार्थ टोल विकास संस्थाका अध्यक्ष दीपबहादुर अधिकारी, चिनबहादुर तामाङलगायतको सहभागिता रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -