चितवन / कोभिड–१९ महामारी विरुद्ध लडाईका लागि तनहुँको देवघाट गाउँपालिकाको कोभिड कोषमा १५ लाख रूपैयाँ सहयोग प्राप्त भएको छ । गाउँपालिकालाई कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि हेफर इन्टरनेशनल नेपालले बिहीबार सो रकम सहयोग गरेको हो ।
महिला समूह समन्वय समिति, चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्था र समृद्धिको लागि त्रिपक्षीय आयोग लगायतको तीन वटा संस्थाहरूको सहकार्यमा कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि सहयोग गरिएको चितवन जिल्ला क्लस्टर प्रवन्धक कृष्णबाबु कट्टेलले जानकारी दिए ।
उक्त सहयोग देवघाट गाउँपालिकाको प्रभावित जनताहरूका लागि हुने भएकाले गाउँपालिकाको बैंक खातामा चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्थाले उपलब्ध गराएको हो । सो रकम मार्फत अक्सिजन सिलिन्डर, लिक्विड अक्सिजन, अक्सिजन कन्सट्रेटर, भेन्टिलेटर, आईसीयु, एक्सरे मेशिन, आइसोलेसन तथा कोभिड अस्पताल निर्माण, इन्फ्रारेड थर्मोमिटर, पल्स अक्सिजन, पिपिई किट लगाएतका स्वास्थ्य उपचार र सुरक्षा सामग्रीहरूमा खर्च गर्नुपर्ने कट्टेलले बताए ।
देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापाले उक्त सहयोगले आम देवघाटवासीलाई धेरै ठूलो सहयोग पुग्ने बताए । अध्यक्ष थापाले हेफर इन्टरनेशनल नेपालले अतुलनीय कार्य गरेको बताउदैँ आगामी दिनहरूमा पनि सहकार्यमा अघि बढ्ने प्रतिबद्धता जनाए ।
महिला समन्वय समितिका अध्यक्ष इन्दिरा आचार्यले कोरोना महामारीको समयमा ग्रामीण क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरूलाई केही मलमपट्टिसम्म लगाउन सकिन्छ कि भन्ने हेतुले सहयोग गरिएको बताइन् ।
त्यस्तै देवघाट गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष यालबहादुर गुरूङले हेफर इन्टरनेशनल नेपालको सहयोगप्रति आभार प्रकट गरे । कार्यक्रम चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारीका अध्यक्ष तारादेवी पन्तको अध्यक्षतामा सम्पन्न भएको थियोे ।
देवघाट गाउँपालिकाको कोभिड कोषलाई १५ लाख सहयोग

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
